कुकुरमा पनि भेटियो कोरोना भाइरसको संक्रमण



०७ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरसको संक्रमण कुकुरमा पनि भेटिएको छ।

हङकङमा हालै गरिएको परीक्षण अनुसार एउटा घरपालुवा कुकुर संक्रमित भेटिएको हो।

हङकङ आइल्याण्डस्थित पोक फुलाम क्षेत्रमा ‘जर्मन सेफर्ड’ जातको कुकुरलाई केही दिनअघि क्वारेन्टाइनमा पठाइएको थियो।

उक्त कुकुरको मालिकलाई पनि संक्रमण भएको थियो।

कोरोना भाइरस पहिचान भएको प्रारम्भिक अवस्थामा कुकुर, बिरालो जस्ता घरपालुवा जनावरमा कोरोना भाइरस नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म दुई वटा कुकुरलाई संक्रमण भइसकेको छ।

यद्यपि घरपालुवा जनावरलाई किस नगर्न तथा अंकमाल नगर्न पनि वैज्ञानिकहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्