प्रधानमन्त्रीले आज राष्ट्रको नाममा विशेष सम्वोधन गर्दै



०७ चैत्र २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका साँझ ६ बजे राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन्।

सम्वोधनका क्रममा उनले कोरोना भाइरस विरुद्ध सरकारले चालेको कदम र भावि योजनाका बारेमा जानकारी दिने भएका हुन्।

सो अवसरमा प्रधानमन्त्रीबाट विशेष घोषणा समेत हुने स्रोतले बताएको छ।

प्रधानमन्त्रीले आज विहान उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग छलफल गरेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बेलुका ६ बजे सम्वोधन हुने र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्