कोरोना कहर : ६ घण्टामै उपत्यकाबाट बाहिरिए ६८ हजार



०७ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) सन्त्रासका कारण उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार (आज) बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्ममा झन्डै ६८ हजार मानिसहरुले उपत्यका छाडेका हुन्।

यात्रुहरु टिकट नपाएपछि मुडामा बसेरसमेत घर फर्किरहेका छन्। ट्राफिक प्रहरीका अनुसार शुक्रबार मात्रै ११ हजार ६ सय ९० यात्रुवाहक सवारी साधान उपत्यकाका विभिन्न नाकाबाट यात्रु बोकेर बाहरिएका छन्।

यस्तै बिहीबार (हिजो) मात्रै झन्डै ९० हजारले उपत्यका छाडेका थिए।

तस्वीरमा बिहीबार बिहान उपत्यकारबाट घर फर्किनका लागि ठिक्क परेका यात्रुहरु। तस्वीर परिवर्तन खबर।

प्रतिक्रिया दिनुहोस्