
०७ चैत्र २०७६, काठमाडौं
धेरै मेहनतपश्चात् चिनियाँ वैज्ञानिकहरुले ठूलो सफलता हात पारेका छन्।
कोरोना संक्रमण भइसकेका व्यक्तिको उपचारमा चीनका वैज्ञानिकहरुले ठूलो सफलता प्राप्त गरेका ग्लोबल टाइम्सले जनाएको छ।
कोरोना भाइरस संक्रमण भएका बाँदरमा गरिएको परीक्षणका क्रममा बाँदरको शरिरमा एन्टीबडी बिकास भएको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन्।
एक पटक कोरोनाको संक्रमण भएका व्यक्तिमा पुनः संक्रमणको जोखिम कम गर्नका लागि यो अहिलेसम्मकै ठूलो सफलता हो।
चीनले यसअघि नै कोरोना भाइरसको संक्रमण रोक्नका लागि औषधिको बिकास गरेर परीक्षण गरिरहेको जनाएको छ। औषधि अर्को महिनादेखि प्रयोगमा आउने छ।
चीनले अमेरिकाले भन्दा छिटो प्रयोगमा ल्याउने तयारी छ।





