कोरोना भाइरसः नेपाल सुरक्षित, नेपालीहरु पनि सुरक्षित



०६ चैत्र २०७६, काठमाडौं

चीनको हुबेइ प्रान्तको वुहान सहरबाट सुरु भएको नोबेल कोरोनाभाइरस (कोभिड–१९)  विश्वव्यापी फैलिएको छ।

कोरोना फैलिएको १६२ मुलुकमध्ये नेपालमात्र यस्तो मुलुक हो जहाँ अहिले कोभिड–१९ का बिरामी छैनन्।

चीनबाट फर्किएका एक नेपालीमा यो भाइरस पुष्टि भयो कि, उनी स्वस्थ भइसकेका छन्। र, नेपाल कोरोना प्रभावितको सूचीमा हरियो रङ अर्थात सुरक्षित देशको सूचीमा छ।

कोरोना भाइरसबाट विश्वभरीमा ८ हजार ९८२ को मृत्यु

चीनपश्चात् इटाली सबैभन्दा प्रभावित देश हो। युरोपका अन्य देश, अमेरिका र इरान पनि यो समस्यासँग जुधिरहेका छन्।

कोरोनाको अतिप्रभावित देशहरुमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको छ। तर, तुलनात्मक रुपमा त्यहाँ रहेका नेपालीहरु पनि हालसम्म सुरक्षित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्