नेपाल टेलिकमको रिङब्याक टोनमा ‘कोरोना’ सम्बन्धि जानकारीमूलक सन्देश



०६ चैत्र २०७६, काठमाडौं

नेपाल टेलिकमको रिङब्याक टोनमा कोभिड १९ ‘कोरोना भाइरस’सम्बन्धि जानकारीमूलक सन्देश दिन थालिएको छ।

टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत् कोरोना सम्बन्धि जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत् ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था छ।

उक्त नम्बरमा कल गरेपश्चात् कोरोना के हो, यसका लक्षण तथा यसबाट बच्ने उपायलगायत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।

साथै यसबारे थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहीबाट थाहा पाउन सकिन्छ।

नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्