कोरोना आशंकित व्यक्तिले अस्पतालको छतबाटै हामफालेर आत्महत्या



 

०६ चैत्र २०७६, काठमाडौं

भारतमा कोरोना भाइरसको आशंका गरिएको एक व्यक्तिले आत्मा गरेका छन्।

दिल्लीको सफरदगञ्ज अस्पतालको सातौँ तलाबाट हामफालेर अस्ट्रेलियाबाट फर्किएका भारतीय नागरिकले आत्महत्या गरेका हुन्।

भारतीय मिडियाका अनुसार उनलाई कोरोनाको आशंका गरी क्वारेन्टाइनमा राखिएको थियो उनको शरिरबाट निकालिएको स्वाब नमूना परीक्षणका लागि पठाइएको थियो तर नतिजा नआउँदै उनले आत्महत्या गरेको बताइएको छ।

उनको मृत्युबारे प्रहरीलाई जानकारी गराइ सकिएको छ। उनको शवको पोस्टमार्ट रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्