१० लाख थान मास्कसहित पक्राउ



०५ चैत्र २०७६, काठमाडौं

महानगरीय अपराध महाशाखाले काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्कसहित एक जनालाई पक्राउ गरेको छ।

महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार १० लाख थान मास्कसहित गोरखाका युवराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।

कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र सेनि टाइजरको कालो बजारी बढेपछि वाणिज्य विभागसँगको सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ।

यसअघि पनि ११ लाख थानभन्दा बढी मास्क प्रहरीले बरामद गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्