जिवेशले गरेको व्यवहार सम्झेर रियाशा धरधरी रोइन्, कञ्चन र युगज्योतिलाई पनि धम्की (भिडियो)



०५ चैत्र २०७६, काठमाडौँ

युट्युबमा आजकलको लब नामक छाटो सिरियल निकै नै रुचाइने सिरियलमध्येको एक हो । कलेज नेपाल नामक युट्युब च्यानलबाट प्रशारण हुने आजकलको लब ले समाजमा घट्ने घटनालाई प्रस्तुत गर्ने गरेको छ ।

यस्तै यस शो का निर्देशक जिवेश गुरुङ अहिले निकै विवादमा परेका छन् । जिवेश विरुद्द आजकलको लब का चर्चित कलाकार रियाशा दाहाल, कञ्चन खड्का र युगज्योति गौतमले यातना दिएको आरोप लगाएका छन् ।

रियाशाले त केही महिना अघि नै आजकलको लब छोडिसकेकी थिइन् । उनले जिवेशले आफूलाई निकै यातना दिएको र करियर नै सिध्याइदिने धम्की दिएर शो बाट निकालिएको बताइन् । यस्तै कञ्चन र युगज्योतिले पनि जिवेशको व्यवहार आफूप्रति निकै नराम्रो रहेको बताएकी छिन् ।

एक अन्तवार्ता दिने क्रममा जिवेशले आफूलाई गरेको व्यवहार सम्झदैँ रियाशा धरधरी रुन पुगिन् । यस्तै कञ्चनले जिवेशले आफूसँग विवाह गर्न जर्बजस्ती समेत गर्न खोजेको बताएकी छिन् ।

यसबारे जिवेशले भने अहिलेसम्म कुनैपनि प्रतिक्रिया दिएका छैनन् । वास्तविक कुरा के हो जिवेशले मुख खोलेपछि नै थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्