नयाँ शैक्षिक सत्रको भर्ना नलिन शिक्षा मन्त्रालयको अपिल



०४ चैत्र २०७६, काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको भर्ना नलिन सबै विद्यालयहरुलाई अपिल गरेको छ।

मन्त्रालयले मंगलबार (आज) अपिलपत्र जारी गर्दै कोभिड १९ (कोरोना भाइरस)को जोखिमका कारण नयाँ शैक्षिक सत्र ०७७ को भर्ना तत्कालको लागि नलिन सम्पूर्ण विद्यालयलाई अपिल गरेको हो।

“विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरसको संत्रासका कारण आवश्यक सतर्कता अपनाउन चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्म परीक्षा सञ्‍चालन गरिसक्न अनुरोध गरिएको थियो। मन्त्रालयद्वारा जारी अपिलपत्रमा भनिएको छ। ‘यो परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेलसम्म करिब तीन हप्ता देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बाललिकाहरु घर परिवारमा नै रहने छन्। बालबालिकालाई घर बाहिर नजान, विद्यालयमा सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाको नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्