
०४ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस) संक्रमण जोखिमलाई ध्यानमा राख्दै चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पताल निर्माण हुने भएको छ।
७२ घण्टाभित्र सेवा सञ्चालन हुने गरी ‘कोरोना विशेष’ अस्पताल निर्माण हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताएका छन्।
“समय आजैबाटै शुरु भएको छ।” उनले भने, ‘अबको ७२ घण्टाभित्र अस्पतालको सेवा शुरु हुनेछ।’
अस्पतालमा १० वटा आइसीयू, १० वटा एचडीयू र ५० वटा जेनेरल बेड रहने बताइएको छ।
अस्पताल भरतपुर महानगरपालिका र निजी क्षेत्रसँगको सहकार्यमा निर्माण हुन लागेको हो।
तस्वीर-रेणु दाहालको फेसबूक।





