
०४ चैत्र २०७६, काठमाडौं
त्रिवि शिक्षण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा भागाभाग भएको छ।
अमेरिकाबाट आएका एक नेपालीलाई कोरोना भाइरसको लक्षण देखिएपश्चात् उनलाई आइशोलेसन भएको अस्पतालमा जानको लागि आग्रह गर्दा नमानेपश्चात् आकस्मिक कक्षमा रहेका अन्य बिरामी भागाभाग गरेका थिए।
अस्पताल श्रोतका अनुसार ती बिरामीले आइशोलेसन भएको अन्य अस्पतालमा जान अटेर गरीरहेका छन्। अहिले पनि शिक्षण अस्पतालको आकस्मिक कक्षमा बिरामीहरु त्रासमा रहेका छन्।





