
०४ चैत्र २०७६, काठमाडौं
कोरोना भाइरसको आशंकामा देशका विभिन्न अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका १८ जना बिरामीको रिपोर्ट नेगेटिभ आएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सो जानकारी दिएको हो।
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले सोमबार राती आएको पछिल्लो रिपोर्टबारे जानकारी दिर्दै भने, ‘देशका विभिन्न स्थानबाट आएका कोरोना शंकास्पद १८ जना विरामीको परीक्षण भएको थियो। त्यो सबैको रिपोर्ट नेगेटिभ आएको छ।’
उनले काठमाडौँसहित सोमबार पनि नेपालगञ्ज, धनगढी, जनकपुर, धरान, विराटनगर, बुटवल, चितवन सहितका स्थानबाट आएका थ्रोट स्वावको परीक्षण गरिएको जानकारी दिए।
उनले पछिल्लो रिपोर्टसंगै प्रयोगशालामा परीक्षण भएका ४९६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको बताए।
थप २५ जनाको परीक्षण शुरु हुँदै
प्रयोगशालामा मंगलबार थप २५ जनाको परीक्षण शुरु भएको छ। देशका विभिन्न अस्पतालका आईसोलेसनमा राखिएका उनीहरुको टेकुस्थित प्रयोगशालामा परीक्षण शुरु गर्न लागिएको हो।
‘पछिल्लो समय संकास्पद भनेर आउने केशहरु बढदै गएको छ। तर खुशीको कुरा पोजेटिभ देखिएको छैन,’ गुप्ताले भने।





