कोरोनाबाट जोगिन डब्ल्यूएचओको सन्देश : परीक्षण! परीक्षण!! परीक्षण!!!



०४ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा परिभाषित गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसको परीक्षणमा जोड दिएको छ।

डब्ल्यूएचओले कोरोना भाइरस संक्रणको आशंका भएका सबैको परीक्षण गर्न विश्वलाई आह्वान गरेको छ।

‘सबै देशहरुलाई हाम्रो सन्देश छ। परीक्षण, परीक्षण, परीक्षण,’ डब्ल्यूएचओका महानिर्देशक टेन्डोर्स अधानोमले सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने।

पत्रकार सम्मेलनमा उनले व्यक्त गरेका सन्देशको सार संक्षेप

सबै देशहरुलाई हाम्रो साधारण सन्देश छ। परीक्षण! परीक्षण!! परीक्षण!!!

प्रत्येक शंकास्पद केशलाई परीक्षण गर्नुहोस्। यदि त्यो परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखियो भने त्यो व्यक्ति पछिल्लो दुई दिनमा को–कोसंग सम्पर्कमा पुगेको छ त्यसको पनि खोजी गर्नुहोस्। यदि उनीहरुमा पनि लक्षण देखिएको छ भने परीक्षण गराउनुहोस्।

यो ज्यादै खतरनाक रोग हो। यो रोग ६० बर्ष माथिका व्यक्तिमा बढी खतरनाक भएको देखाएको छ। यद्धपी युवा र बालबालिका पनि यसका शिकार भइसकेका छन्।

त्यसकारण डव्लुएचओले नयाँ क्लिनिकल गाइडलाइन जारी गरेको छ, जसमा कसरी बालबालिका, बृद्ध बृद्धा र गर्भवती महिला यो रोगबाट जोगाउन सकिन्छ भन्ने कुरा उल्लेख छ।

अहिले हामीले विकसित देशहरुमा यसको बढी महामारी भएको देखेका छौँ । उनीहरु माहामारी विरुद्ध संघर्ष गरिरहेका छन्।

तर यदि यो भाइरस कम आय भएका देशमा पुग्यो भने त्यसपछिको अवस्था के होला भन्ने बारेमा हामी अझ बढी चिन्तित छौँ। त्यसैले संक्रमण रोक्न हामी सबै एकजुट हौँ। प्रभावकारी रुपमा यसको रोकथाम तथा नियन्त्रणमा काम गरौँ।’

प्रतिक्रिया दिनुहोस्