कोरोना भाइरस फैलाएको आरोपमा चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा दायर !



०४ चैत २०७६, काठमाडौैं

कोरोना भाइरस फैलाएको भन्दै भारतको बिहार राज्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध मुद्दा दायर गरिएको छ ।

समाचार संस्था बिजनेश स्ट्याण्डर्डका अनुसार बिहारका कानून व्यवसायी सुधीर कुमार ओझले चिनियाँ राष्ट्रपति सी तथा भारतका लागि चिनियाँ राजदूत सन वेइदोङविरुद्ध मुद्दा दायर गरेका हुन् । उनले सोमबार बिहारको मुजफरपुरमा रहेको अदालत पुगेर मुद्दा दायर गरेका हुन् ।

राष्ट्रपति सी तथा राजदूत सनले विश्वभर कोरोना भाइरस फैलाउने षड्यन्त्र रचेको दाबी गरिएको छ । यो मुद्दाको सुनुवाई आगामी अप्रिल ११ मा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्