
०३ चैत्र २०७६, काठकाडौं
भारतमा एक १७ वर्षीय किशोरीले आफ्नै आमाविरुद्ध प्रहरीमा उजुरी हालेकी छन्। आमाकै कारणले आफ्नो दिदिले आत्महत्या गरेको भन्दै उनले उजुरी हालेकी हुन्।
उजुरीमा उनले आफ्नो आमा १ वर्षदेखि बुबासँग अलग्गै बसेको बताएकी छन्। उजुरीमा उनले आफ्नो आमा एक व्यक्तिसँग अवैध सम्बन्धमा रहेको पनि उल्लेख गरेकी छन्।
उजुरी गर्ने सानीछोरीले आफ्नो आमा अनिताको नविनकुमार नामको व्यक्तिसँग अवैध सम्बन्ध थियो। जसकाकारण नविन उनीहरुको घरमा आइरहन्थे।
नविनका साथमा सम्बन्ध अगाडि बढाउनका लागि अनिताले आफ्नो ठूलीछोरीको विवाह नविनसँग गराएकी थिइन्। तर केहिसमयपश्चात् छोरीले आमा र आफ्नो पतिको सम्बन्ध थाहा पाएर आत्महत्या गरेकी थिइन्।
छोरीसँग विवाहपश्चात् पनि अनिता र नविनको सम्बन्ध चलिरहेको थियो। यो कुरा थाहा पाएर मृतक छोरीले पति र आमालाई यस्तो हर्कत नरोके आतमहत्या गर्ने धम्की दिएकी थिइन्।
उक्त घटनालाई मृतककी बहिनीले प्रहरीकहाँ रिपोर्ट गरेकी थिइन्। मृतककी आमा अनितालाई भारतीय दण्ड संहिताको धारा ३०६ र ४२० अनुसार उजुरी दर्ता गरिएको र छानविन भइरहेको प्रहरीले बताएको छ।





