यस्तो छ, मुटु रोगीलाई ‘कोरोना’बाट बच्न डा. भगवान् कोइरालाको सुझाव



०३ चैत्र २०७६, काठकाडौं

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेकोले मुटु रोगीहरुले विशेष सतर्कता अप्नाउनुपर्नेमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले जोड दिएका छन्।

डा. कोइरालाले मुटु रोगीहरुलाई कोरोना लागेमा मृत्युदर उच्च हुने चेतावनी दिँदै थप सावधानी अप्नाउन आग्रह गरेका हुन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले उक्त रोग लागेका बिरामीहरुलाई भीडमा नजान, खोकी ज्वरोको संक्रमितहरुको नजिक नपर्न र अपरिचत सामान वा व्यक्ति छोएपछि तुरुन्त हात धुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्