८ लाख भन्दा बढी मास्कसहित दुई व्यापारी पक्राउ



०३ चैत्र २०७६, काठमाडौं

राजधानीकोे सतुगंलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित प्रहरीले दुई व्यापारीलाई पक्राउ गरेको छ।

सोमबार प्रहरीले कालाबजारीयालाई नियन्त्रणमा लिने सरकारी अभियान अन्तर्गत विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा मास्क बरामद गरेको हो।

यसअघि पनि सरकारले केही ठाउँमा कालाबजारी गरिएको मास्कसहित विभिन्न व्यक्तिलाई पक्राउ गरिसेको छ।

प्रहरीले यसमा संलग्न आरडी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका पार्टनर सुवास महेश्वरीलाई पक्राउ गरेको हो।

भारत राजस्थान घर भएका गोयल र महेश्वरीले कोरोना भाइरसको त्रास बढिरहेको मौकामा मास्कको कालोबजारी सुरु गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

गोयल र महेश्वरी भारतीय मूलका व्यापारी रहेको प्रहरीको भनाइ छ।

‘मास्क श्रेष्ठको घरमा रहेको गोदाममा १७७ वटा बोरामा थियो।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क निकालिएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्