कोरोनाको संक्रमणबाट मेयरको मृत्यु



०३ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरसको संक्रमणबाट इटलीमा एक मेयरको मृत्यु भएको छ।

चीनपश्चात् सबैभन्दा बढी महामारीको रुपमा फैलिएको इटालीमा कोरोनाका कारण हालसम्म १ हजार ८ सय नौं जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, २४ हजार ७ सय ४७ जनामा संक्रमण भेटिएका छन्।

कोरोना भाइरसका कारण उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्