वीरगञ्जमा एक युवकलाई कोरोना भएको आशंका



०३ चैत्र २०७६, काठमाडौं

वीरगञ्जका एक २२ वर्षीय युवकलाई कोरोना भाइरसको संक्रमण भएको आंशका गरिएको छ।

पोखरीया नगरपालिका ती युवकलाई ज्वरो तथा रुघा–खोकी लगातार भएपछि कोरोनाको आंशका गर्दे उनलाई वीरगञ्ज नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

भारतको दिल्लीमा अध्ययन गरेका ती युवक नेपाल आएको केही दिनमा नै रुघा खोकी, ज्वरो आएको हो। ती युवकलाई सामान्य उपचारपछि घर फर्काइएको अस्पतालले जनाएको छ।

यद्यपि ज्वरो तथा रुघा खोकी आउनुबित्तिकै कोरोना भन्न नमिल्ने अस्पतालका चिकित्सकहरुले बताएका छन्।

ती युवकलाई असन्चो भएको रोगको लक्षण पनि कोरोनाको जस्तै भएपनि यसको परिमाण भने रिपोर्ट आएपछि मात्रै थाहा हुने उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्