
०२ चैत्र २०७६, काठमाडौं
-पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं। हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ।
-खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौं।
-नियमित व्यायाम, योग, हाइकिंग गरौँ। खेल खेल्ने बानी बसालौं।
-घाममा बसौं ।
-नियमित अनुलोम र विलोम गरौँ। यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ।
-चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं।
-बिहान र बेलुका नियमित १/१ चम्चा घ्यु खाने गरौँ।
-लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ।
-भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ।
-पर्याप्त मात्रामा सुतौं।
-पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ।
-मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ।
-दिल खोलेर हाँस्ने गरौँ।
-नियमित चिया र कफी ९ दुधरचिनी नहालेको सेवन गरौँ।
-ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ।
-सरसफाइमा अल्छी नगरौं।





