
०२ चैत्र २०७६, काठमाडौं
सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौंमा बोलाएका छन्।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिने सम्भावना भएकाले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको हो।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ।
उक्त समितिले नै बैठकका लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो। बैठक सिंहदरबारमा बस्नेछ।





