
०२ चैत्र २०७६, काठमाडौं
नेपालमा कोरोना भाइरस नभएको पुष्टि भएको छ। तर आइतबार बिहानसम्म केही अनलाइनहरुले भने नेपालमा पनि कोरोना भाइरस देखियो भन्दै खबर सम्प्रेषण गरेका थिए।
हालसम्म नेपालमा कोरोना भाइरस नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचनाअधिकारी राजेश कुमार गुप्ताले स्पष्ट पारे।
‘जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४५६ जनाको परीक्षण भइसकेको छ। ती सबैको रिपोर्ट नेगेटिभ आएको छ। अहिले थप ८ जनाको परीक्षण भइरहेको छ।
यसको रिपोर्ट बेलुकासम्म आउँछ। त्यसैले अहिले कोरोना देखियो भन्नु भ्रम फिजाउने र आतंक सिर्जना गर्ने कार्य हो। कृपया यस्तो नगरौँ’ उनले भने।
प्रयोगशालामा शनिबार नेपालगञ्जको १, पोखराबाट आएको २ र बाँकी ५ काठमाडौँको गरी ८ जनाको कोरोना परीक्षण भइरहेको छ।





