अब सिंहदरबार छिर्ने प्रत्येक व्यक्तिको तापक्रम लिने



०२ चैत्र २०७६, काठमाडौं

सरकारले सिंहदरबार छिर्नेका लागि प्रत्येक व्यक्तिको तापक्रम लिने भएको छ।

देशकै मुख्य प्रशासनिक क्षेत्रमा कोरोना भाइरस (कोभिड – १९) को सम्भावित जोखिम नहोस भन्नका लागि प्रत्येक व्यक्तिको तापक्रम लिन लागिएको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले दिएको निर्देशन अनुसार सिंहदरबारका मुल गेटमा तापक्रम परीक्षण गर्ने व्यवस्था हुन लागेको बताए।

‘अब सिंहदरबार छिर्नका लागि प्रधानमन्त्री, मन्त्री, सांसद, कर्मचारी र सर्वसाधारण अर्थात जो सुकैले स्वास्थ्य परीक्षण (तापक्रम जाँच) गरेर मात्रै अनुमति पाइने भयो।

समन्वय समितिले तत्काल त्यसको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्