७८ हजार मास्कसहित ८ जना पक्राउ



०१ चैत्र २०७६, काठमाडौं

कालोबजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन्।

काठमाडौंबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए।

पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की छन्।

यस्तै काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट ७८ हजार २५० वटा सर्जिकलम मास्क बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्