कोरोना भाइरसबाट मरिने भन्दै आफ्नै चिहानको व्यवस्था गर्न थाले मानिस



०१ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएपछि मानिसहरु आफ्ना अन्तिम इच्छाका बारेमा चर्चा गर्न थालेका छन् । महामारी फैलिएपछि कसरी बाँच्ने भन्नेमा मानिसहरुमा जति चिन्ता हुने गरेको त्यति नै मरे पछि कहाँ अन्तिम दाहसंस्कार गर्ने भन्नेमा पनि आफ्ना इच्छाहरु व्यक्त गर्न थालेका छन् ।

केही मानिसहरु कोरोना भाइरसको संक्रमणबाट बच्न जेट विमान र भूमिगत बंकरहरुको व्यवस्थागर्न लागेका छन् भने मरिने निश्चय लिएका मानिसहरु भने आफ्नो दाहसंस्कारको स्थानका बारेमा इच्छा जाहेर गर्न थालेका छन् । चीनबाट फैलिएको कोरोना भाइरसका कारण मर्नेहरुको आँकडा अहिले पाँच हजार नाघेको छ ।

अंग्रेजी वेभसाइट टीएमजेडका अनुसार यस्तो स्थितिमा मानिसहरु अमेरिकाको लस् एन्जल्समा रहेको चिहानमा आफ्ना लागि ठाउँ बुकिङ पनि गर्न थालेका छन् । मानिसहरुले आफ्ना मनपर्ने स्टार नजिकै आफूलाई पनि गाड्ने ठाउँका लागि बढी रकम दिन पनि तयार रहेको बताइएको छ ।

हलिउडको यो चिहानको शुरुवात सन् १८९९ मा भएको थियो । यो स्थानमा जुडी गार्लेड, क्रिस कर्नेल, सेसिल डि मिल, जेनेट गेनर जस्ता २ सय भन्दा धेरै हलिउडका सेलिब्रेटीलाई गाडिएको छ । कोे फाउन्डर योगुले आफूले यसअघि कहिल्यै पनि मर्ने मानिसले आफ्नो चिहानका लागि बुक गर्न यसरी मोलमोलाई गरेको देखेका थिएनन् ।

कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै अमेरिकाका सबै स्कूल, सांस्कृतिक संस्थाहरु बन्द गरिएको छ । खेलकूद सम्बन्धी कार्यक्रम एक महिनाका लागि रद्द गरिदिइएको छ । न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा संक्रमणका केसहरु बढ्दै गइरहेका छन् । शुक्रबार बिहानसम्म संक्रमणका १६६० नयाँ विरामी थपिएका छन् ।

यो महामारीबाट पुरा अमेरिकामा ४१ जनाको मृत्यु भईसकेको छ । अमेरिकाको वासिङ्गटनमा ३१, क्यालिफोनिर्यामा ४, फ्लोरिडामा २, जर्जियामा १ न्यूजर्सीमा १, साउथ डकोटामा १ कानससमा १ को मृत्यु भइसेको छ । न्यूयोर्कका गर्भनर एन्ड्रयू कोमोले बिविवार राज्यका ५०० भन्दा धेरै मानिसको सबै सभाहरुमाथि प्रतिवन्ध लगाइदिए । साथै न्यूयोर्क सहरमा नै संकटकाल घोषणा गरिइएको छ ।

क्यालिफोर्नियाका गर्भनर गेविन न्यूसमले मार्चको अन्त्यसम्म सबै सार्वजनिक समारोह रद्द गरिदिए । यहाँ कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्