एसइइ परीक्षा केन्द्रमा हेल्थ डेस्क



०१ चैत्र २०७६, काठमाडौं

सरकारले आगामी ०६ चैत्रबाट शुरु हुन लागेको देशैभरिको एसइइ परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ।

डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइसकिएको पनि शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वंयसेवक परिचालन गर्ने निर्णय गरेको हो।

विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरसको संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो।

डेस्कमा भाइरसको लक्षण देखिएका विद्यार्थीले तुरून्तै जाँच गर्न सक्नेछन्। यसवर्ष ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्