
३० फागुन २०७६, काठमाडौं
हेलिकप्टरबाट आफ्नो बगैचामा सेक्स गरिरहेका एक जोडीको फिल्म बनाएपश्चात् मुद्दा अदालतमा सम्म पुगेको अदालतमा यसको सुनुवाई जारी छ।
घटना बेलायतको हो। यो मामिलामा व्रिटेनको दक्षिण योर्कशरका दुई प्रहरी अधिकारी र दुई पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुरुवाई सुरु भएको हो।
भिडियो खिच्ने ४२ वर्षीय मैथ्यु लुकास, ४७ वर्षीय ली वाँल्स, ४५ वर्षीय मैथ्यु लूसेमोर र ६४ वर्षीय मलकोम रीव्सले सरकारी साधनको दुरुपयोग गरेको भन्ने आरोप भने अस्वीकार गरेका छन्।
अदालतमा भनियो कि एक जोडी घाममा विना कपडा (नांगै) थिए र दुबै जना सेक्स गरिरहेका थिए। यसैक्रममा प्रहरीले हेलिकप्टरबाट भिडियो खिचेर फिल्म बनाएर गयो।
यद्यपी प्रहरी अधिकारीले यो आरोप पनि अस्वीकार गरेका छन्। यसमा संलग्न भनिएका पाँचौं व्यक्ति पूर्व प्रहरी अफिसर एड्रिअन पोगमोरेले भने आरोपलाई स्वीकार गरेका छन् कि सरकारी अफिसको दुरुपयोग गरेको हौं।
भिडियो खिच्ने प्रहरी अधिकारी

प्रहरी अधिकारीले खिचेको फुटेजमा क्लियर देखिएको छ त्यो जोडी आफ्नो सुरमा सेक्स गरिरहेका छन्।
यो घटनाका जाँच अधिकारी रिचर्ड राइटले हेलिकप्टर चालक दलका सदस्यले एक उच्च क्वालिटीको भिडियो क्यामेरा प्रयोग गरेको पाइएको बताए। उनले यस्तो गर्नु अधिकारको दुरुपयोग र निजताको उल्लघंन भएको बताए।
यता पीडित महिलाले कोर्टमा भनिन्– यो मेरो निजी जीवनको खुलमखुल्ला उल्लंघन हो। म यसबाट हैरान र दुःखी भएकी छु।
कोर्टमा २०१२ सालमा पनि यस्तै प्रकृतिको फिल्म बनाइएको प्रसंग निकाल्दै आगामी तीन हप्तासम्म सुनुवाई जारी रहने बताइएको छ। त्यसपश्चात् प्रहरी अफिसरलाई सफाइ दिने कि निलम्बन गरी जेल पठाउने भन्ने फैसला हुनेछ।





