गाडिएको शिशु खाल्डोभित्रै रोएपछि…



३० फागुन २०७६, काठमाडौं

भारतमा एक शिशुलाई उनको आमाले जिउँदै गाडेर छोडेपनि ती शिशु रोएको गाउँलेले सुनेपश्चात् जिवीतै खाल्डोबाट निकालिएको छ।

खाल्डोमा पुरेर छोडेको कैयौँ घन्टापश्चात् पनि ती शिशु जिवीतै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रुपमा लिइएको छ।

एक १६ बर्षिया युवती बलात्कृत भएर जन्मिएको त्यस शिशुलाई समाजमा लाजको डरले खाल्डोमा पुरेर छोडेकी थिइन्।

अविवाहित ती युवतीले मध्यप्रदेशको बरवानीपुरस्थित उनको बुबाको घरमा छोरा जन्माएकी थिइन्। जन्मेको एक हप्तापश्चात् घरभन्दा केही परको चौरमा उनलाई गाडेको अवस्थामा गाउलेले भेटेका थिए।

उनले त्यस शिशुलाई सडक नजिक चौरमा गाडेको र सोही बाटो भएर गाउका महिला हिँडीरहेको अवस्थामा बच्चा रोएको आवाज सुनेपश्चात् माटो खोस्रेर हेर्दा गाडिएको अवस्थामा बच्चा रोइरहेको पाइएको गाउँले बताउछन्।

त्यसपश्चात उक्त शिशुलाई बरवानी जिल्लाको अस्पताल भर्ना गरिएको छ। शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले जनाएको छ।

अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ‘शरिरभरि लामखुट्टे र किराले टोकेका दाग छन् र माटो उर्छेर शरिर सबै रातो भएको छ, हामीले उपचारमा कुनै कमी गरेका छैनौँ र अहिले शिशुको स्वास्थ्य राम्रो हुदै गएको छ।’

ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। अनुसन्धानका क्रममा प्रहरीसामु ती युवतीले आफू गाउँकै एक १७ बर्षको युवकबाट बलात्कृत भएर सो बच्चा जन्मिएको बताएकी छिन्।

प्रहरीले सो युवकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्