कोरोनाबाट बच्न कुन मास्क कसरी प्रयोग गर्ने? (हुेर्नुहोस् भिडियो)



३० फागुन २०७६, काठमाडौं

कोरोनाभाइरस अर्थात (कोभिड–१९) विश्वका १२४ देशमा फैलिसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ले विश्वव्यापी रुप लिएको र सतर्क रहन विश्वलाई आह्रवान गरिसकेको छ। डब्लूएचओले नेपाललाई पनि उच्च जोखिममा राखेको छ।

विश्वले कोभिड–१९ को महामारीसँग जुधिरहेको बेला चीनले भने कोरोनाभाइरसविरुद्धको युद्धमा सफलता हात पार्न थालेको छ।

कोरोनाभाइरसविरुद्धको आफ्नो अनुभवका आधारमा चीनले कोभिड–१९ बाट आफूलाई सुरक्षित राख्न र संक्रमण फैलन नदिने उपायहरु मध्ये मास्कको सही प्रयोगको आवश्यकतालाई पनि औँल्याएको छ।

मास्कको सहि प्रयोग गर्न नजानेको खण्डमा संक्रमणबाट जोगिने भन्दा पनि संक्रमण झनै बढ्ने खतरा हुन्छ।

त्यसैले, संक्रमण हुन नदिन के गर्ने? संक्रमणबाट बच्न मास्कको कसरी प्रयोग गर्ने? कुन मास्क कति बेला कसरी गर्ने भन्ने बारे जानकार हुनु उपयोगि हुन्छ।

डिस्पोजेबल मास्क

डिस्पोजेबल मास्क एकपटकको प्रयोगपश्चात् डिस्पोज गर्ने।

सामान्यतया यो मास्क बाहिर धुलो–धुवाँ तथा भिडभाड नभएका स्थानहरुमा हिँड्दा प्रयोग गर्न सकिन्छ।

मेडिकल सर्जिकल मास्क

मेडिकल सर्जिकल मास्क रोगको संक्रमणबाट बच्न उपयोगी मानिन्छ।

सार्वजनिक यातायातको साधनको प्रयोग गर्ने व्यक्तिले यो मास्कको प्रयोग गर्न सकिन्छ।

डिस्पोजेबल मास्क र मेडिकल सर्जिकल मास्क दुवैले मुख र नाकबाट निस्केका संक्रमण गराउन सक्ने कणहरुलाई रोक्न मदत गर्दछ।

तर मेडिकल सर्जिकल मास्कमा तीन पत्र तह हुने, पानीले नभिज्ने र हावामा रहेका धुलोका स–साना कणलाई पनि रोक्न सक्छ।

एन नाइन्टी फाइभ मास्क

अर्को मास्क चाहिँ एन नाइन्टी फाइभ हो। यो मास्क अनुहारलाई मिल्ने गरी डिजाइन गरिएको हुन्छ।

यसले हावामा रहेका कणहरुलाई ९५ प्रतिशतभन्दा बढी छान्न सक्छ।

तपाईं भिडभाड नहुने ठाउँमा रहनुहुन्छ वा झ्याल ढोका नभएको ठाउँमा रहनुहुन्छ भने यो मास्कको प्रयोग गर्नु आवश्यक छैन।

स्वास्थ्य व्यक्तिले एन नाइन्टी फाइभ मास्कको प्रयोग प्रयोग गर्नु उपयुक्त हुन्छ।

यो मास्क स्वस्थ व्यक्तिहरुले प्रयोग गर्ने गरी बनाइएका हुन्छन्।

यो मास्कमा प्रयोग गरिएको फिल्टर भल्भले एकतर्फी मात्र काम गर्छ। यो मास्कले हावामा रहेका संक्रमित कणहरुलाई भित्र पस्नबाट रोक्छ।

मेडिकल प्रोटेक्टिभ मास्क

‘मोडिकल प्रोटेक्टिभ मास्क’ ले एन नाइन्टी फाइभ रेटिङ पाएको छ तर यसमा फिल्टर भल्भ हुँदैन। यो मास्कमा रहेको फिल्टरेसन पनि निकै प्रभावकारी मानिएको छ।

यसले भाइरसका कणका थोपालाई बाहिर जान दिँदैन र बाहिरका कणलाई पनि भित्र जानबाट रोक्छ। यो मास्कको प्रयोग चिकित्सक, नर्स, जो संक्रमित व्यक्तिको उपचारमा खटिएका हुन्छन् उनीहरुका लागि उत्तम मानिन्छ।

 

प्रतिक्रिया दिनुहोस्