कोरोना भाइरसको नमूना परीक्षण गर्न सक्षम छौंः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला



३० फागुन २०७६, काठमाडौं

कोरोना भाइरसको नमूना परिक्षण गर्न सक्षम रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

त्यस्तै, आवश्यकता परेको खण्डमा दैनिक ६ सय नमूना परीक्षण गर्न सक्ने क्षमता आफूहरुसँग भएको प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन्।

प्रयोग शालाले कारोना परिक्षणकै लागि भनेर दुईवटा ल्वाब तयारी अवस्थामा राखेको जनाएको हो।

निर्देशक डा.झाका अनुसार हाल एउटा ल्याब कोरोना परीक्षणका लागि ल्याइएको र एउटा तयारी अवस्थाका रहेको छ।

आवश्यक परेमा ३ वटै ल्याब प्रयोग गर्न सकिने उनले बताईन्।

डा. झा भन्छिन्ः ‘दुई वटा ल्याब तयारी अवस्थामा छ। एउटा हामीले प्रयोग गरेका छौं। अर्को तयारी अवस्थामा छ। आवश्यक परे बाँकी तीन वटा पनि प्रयोग गर्न सक्छौं।’

प्रतिक्रिया दिनुहोस्