
३० फागुन २०७६, काठमाडौं
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ।
क्यानडाको सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले जानकारी दिएको हो।
यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपश्चात् आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए।
ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राती सामान्य ज्वरो पनि आएको थियो।
उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ।
जस्टिन ट्रुडो १४ दिनका लागि आइसोलेशनमा रहनेछन्।
उनलाई अहिले नै कोरोनाको परीक्षण नगरिने बताइएको छ।
किनभने उनलाई कुनै लक्षण देखिएको छैन।





