के नेपाल सरकार पनि यस्तै भयानक समाचारको प्रतिक्षामा छ ?



३० फागुन २०७६, काठमाडौं

विकसित मुलुकमा समेत मन्त्री र सुपरिचित चलचित्र अभिनेता–अभिनेत्रीहरु नै कोरोना भाइरसको शिकार भैरहेका बेला नेपाल सरकारले जुन किसिमको आलस्यता देखाएको छ, त्यो हेर्दा चैत महिनाको मध्य तिर पुग्दा नपुग्दै मन्त्रीलाई नै बचाउन सकिएन, सरुवा रोग अस्पतालमा आज ५० ले ज्यान गुमाए शिर्षकमा समाचार छाप्न बाध्य हुनुपर्ने त होइन भन्ने त्रास बढेको छ ।

रोग लागेर पछुताउनु भन्दा रोग लााग्नै नदिनु आवशयक छ भन्ने उक्ति केवल निबन्ध लेख्नका लागि मात्र बनेको होइन ।

कोरोना भाइरसले नेपाल भन्दा हरेक किसिमले समृद्ध र सक्षम चीन, ईटली, कोरिया आदि मुलुक मात्र हैन महाशक्ति अमेरिकालाई समेत लाख प्रयासका बावजुद नराम्रोसंग अत्याइरहेको छ, तर हामी भने केही अस्पतालमा कोरोना भाइरसको विरामीका लागि कोठा छुट्टयाएर आनन्दले बसेका छौं । आजको नेपाल समाचार पत्र दैनिकमा दिरेकलाल श्रेष्ठको समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्