नेपालमा कोरोनाको त्रासः ४५० को स्वास्थ्य जाँच, ६ जना आइसोलेसनमा



२९ फागुन २०७६, काठमाडौं

नेपालमा कोरोनो संक्रमणको आशंकमा ४५० जनाको स्वास्थ्य परीक्षण भईरेहको छ भने ६ जना आइसोलेसनमा राखिएको छ।

बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटा भन्छन्ः  ‘हामीले कोराना बिरामी लुकाएका छैनौं। यो भाइरस लुकाउन मिल्दैन। अहिलेसम्म ४५० जनामा परीक्षण भएको छ। ६ जना आइसोलेसनमा भर्ना भएका छन्।’

प्रवक्ता देवकोटाका अनुसार टेकुमा चार र पाटन अस्पतालमा दुई जनालाई आइसोलेसनमा राखिएको हो।

देवकोटाले कोरोना संक्रमणको महामारी अहिलेसम्म नेपालमा नदेखिएको प्रष्ट पारे।

उनले अहिले काठमाडौंमै १५५ वटा आइसोलेसन तयारी अवस्थामा रहेकोसमेत जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्