कण्डम किन्न लाज मानेर यौनसम्पर्क गर्न प्लाष्टिकको झोला प्रयोग गर्दा…



२९ फागुन २०७६, काठमाडौं

यौन सम्पर्क गर्नका लागि कण्डम किन्न लाज मान्दा भियतनामको राजधानी हानोईका एक जोडीलाई झन ठूलो अप्ठेरो खेप्नु परेको छ।

उनीहरुले कण्डमको सट्टा प्लाष्टिक प्रयोग गरेपश्चात् अस्पताल भर्ना हुनुपरेको हो ।

प्लाष्टिकको घर्षणले यौनाङ्गमा घाउ भएपश्चात् लगातार रगत बग्न थालेपछि यी दुईलाई अस्पताल भर्ना गर्नुपरेको हो।

घाउमा केही संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक्स दिइएको भियतनामी सञ्चार माध्यमले जनाएका छन्।

डाक्टरका अनुसार कण्डमको सट्टा प्लाष्टिकको प्रयोग प्रयोग ‘अवैज्ञानिक’ हो।

यो घटनाले भियतनाममा सुरक्षित यौनसम्पर्क र यौन शिक्षाको अवस्थाबारे चित्रण गरेको छ।

त्यहाँका करिब २५ प्रतिशत विद्यार्थीले कण्डम किन्न जान आफूलाई लाज लाग्ने गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्