त्रिवि शिक्षण अस्पतालः प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै गडबडी छैन्



२९ फागुन २०७६, काठमाडौं

एक साता अघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अपेक्षा अनुरुप नै सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

केही सञ्चारमाध्यममा ओलीको स्वास्थ्य अवस्था विग्रिएको भन्दै समाचार आएपपश्चात् अस्पतालको यस्तो धारणा आएको हो।

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपण पछि प्रधानमन्त्रीको ओलीको स्वास्थ्य अपेक्षा अनुरुप नै सुधार भएको बताए। ‘केही समस्या छैन्।

हामी त अब छिटै डिस्चार्ज गर्ने योजनामा छौँ। कहाँबाट आयो यस्तो हल्ला?’ प्रतिप्रश्न गर्दै उनले भने, ‘उहाँको उपचार गर्ने हामी हौँ। र हामीले भनिरहेका छौँ उहाँको स्वास्थ्य सन्तोषजनक रुपमा सुधार भइरहेको छ र छिटै डिस्चार्ज गर्दैछौँ।

बाहिर लाने भन्ने कुरा कसरी आयो त्यो त हामीलाई थाह भएन। उहाँको स्वास्थ्य विग्रिएको भन्ने कुरा चाँही सत्यता होइन।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सिंगापुर लैजाने भन्ने कुरा १०१ प्रतिशत झुट र भ्रमपूर्ण रहेको बताएका छन्। उनले प्रधानमन्त्रीको स्वास्थ्य अपेक्षित रुपमा सुधार हुँदै गएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्