अब कोरोनाको संक्रमण देखिएमा क्वारेन्टाइनमा राख्न सक्दैनः मन्त्री ढकाल



२७ फागुन २०७६, काठमाडौं

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा चीनबाट उद्दार गरेर ल्याएका नेपालीहरु जस्तै अन्य मानिसलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मत्रालयले आज मगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानकर्षणपत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अब अन्य नेपालीहरु आफैं क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन्।

मन्त्री ढकालले भने, ‘अब विश्व स्वास्थ्य संगठनको मापदन्ड अनुसार सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ। दिनैपिच्छे ज्वरो आएको छरछैन आफैंले नाप्न सकिहालिन्छ, परिवारसँग कति दूरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौं, त्यही अनुसार बस्नुपर्छ।’

मन्त्री ढकालले ज्वरो आएमा, रुघाखोकी लागेमा अस्पतालमा परीक्षण गर्ने व्यवस्था गरिएको र यदि परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखिएमा अस्पतालमा राखेर उपचार गर्नुपर्‍यो भने त्यसको जिम्मा राज्यले लिने बताए।

प्रतिक्रिया दिनुहोस्