कसरी घटाउने पेटको बोसो?



२७ फागुन २०७६,काठमाडौं

अझै पनि हाम्रो नेपाली समाजमा मोटो भयो, ठूलो पेट लाग्यो भने सुख पाएछ भन्ने चिन्तन हामीकहाँ अहिले पनि कायमै छ।

परदेश गएको छोरो मोटाएर आएन भने यसको कमाइ राम्रो नभएको र बिहे गरेर गएकी छोरी मोटाइन भने घरमा सुख छैन रहेछ भन्ने पनि बुझाइ छ।

तर हामी यो कुरा बुझ्दैनौं कि, मोटोपन रोगको भण्डार हो।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर मोटोपनका कारण हरेक वर्ष कम्तीमा २८ लाख मानिसको मृत्यु हुने गरेको छ।

अहिलेकै अवस्था रहेमा सन् २०२५ सम्ममा २ करोड ७० लाख मानिस मोटोपनको सिकार हुने देखिन्छ।

अधिकांश मानिसलाई मोटोपन अर्थात भुँडी लाग्ने समस्याले सताइरहेको देखिन्छ।

पेटमा जमेको बोसो कम गर्नु सबैभन्दा मुश्किल काम हो।

चिकित्सकहरुका अनुसार कम्मरको वरिपरि जमेको बोसो मुटुसँग सम्बन्धित रोग, पिठ्युँको दुखाइजस्ता समस्याको कारण बन्न सक्छ।

कतिपयः मानिसहरु पेटमा जमेको बोसो कम गर्ने औषधिहरुको प्रयोग गर्ने गर्दछन्।

बजारमा पाइने त्यस्ता औषधिहरुले नोक्सान पुर्याउँने विज्ञहरु बताउँछन्।

त्यसैले, सकेसम्म पेटमा जम्मा भएको बोसो कम गर्न केहि घरेलु उपायहरु अपनाउन सकिन्छ।

काब्रोहाइड्रेट

काब्रोहाइड्रेटयुक्त खानेकुराले पेटको बोसो कम गर्न मद्दत गर्दछ।

हरेक दिन ५० ग्रामभन्दा बढी काब्रोहाइड्रेटयुक्त खानेकुरा खानुहुँदैन।

यो भन्दा बढी मात्रामा काब्रोहाइड्रेट युक्त खाना खाँदा मधुमेह, पाठेघरमा समस्या आउँछ।

काब्रोहाइड्रेटको मात्रा मिलाएर खाने हो भने १७ प्रतिशत पेटको बोसो कम हुन्छ।

मादकपदार्थ

मादकपदार्थ ज्यादा मात्रामा पिउने बानीले कलेजो बिग्रने सम्भावना बढी हुन्छ।

त्यत्ति मात्रै नभएर मादकपदार्थले पेटमा बोसो पनि उत्तिकै बढाउँछ।

एक अनुसन्धानका अनुसार, हप्तामा २ वा ३ पटक एक गिलास बियर पिउँदा पेटमा बोसो कम हुँदै जान्छ।

प्रोटिन

पेटमा भएको बोसो कम गर्न प्रोटिन सेवन गर्नु आवश्यक छ।

फाइबर जस्तैः प्रोटिनले पनि लामो समयसम्म पेट भरिएको आभाष गराउँछ।

यसको लागि मासु, माछा, अण्डा, दुधबाट बनेका खाद्यपदार्थ, हरियो सागपात आदि खाने गर्नुपर्दछ।

तनाव

विज्ञका अनुसार मोटोपनाको कारण तनाव पनि हो।

मानिसहरु तनावका कारण आफ्नो डाइटमा ध्यान दिँदैनन्। भने कोहि आवश्यकताभन्दा बढी खाने गर्छन्।

यसको असर मोटोपना बढ्न थाल्छ। त्यसको लागि ७ देखि ८ घण्टा अनिवार्य सुत्ने गर्नुपर्दछ।

गुलियो खानेकुरा

पेटको बोसो कम गर्न गुलियो खानेकुरा खान छोड्नुपर्छ।

चकलेट, पेयपदार्थ, जेली, चिया र दूधमा धेरै चिनी खान बन्द गर्नुपर्छ।

दिनमा २ चम्चाभन्दा बढी चिनीको प्रयोग गर्नुहुँदैन।

तेल

शरिरमा बोसोको मात्रा कम गर्न खानेकुरा पकाउँदा प्रयोग हुने तेल परिवर्तन गर्नुपर्दछ।

अनुसन्धानका अनुसार नरिवलको तेलले पेटको बोसो कम गर्न मद्दत गर्दछ।

शरिरमा चिनीको मात्रा कम गर्नको लागि नरिवलको तेल फाइदाजनक हुन्छ।

अनुसन्धानका अनुसार नरिवलको तेलमा बनेको खानाले तपाईंको पेट १.१ इन्चसम्म कम गर्न मदत गर्दछ।

माछा

कुखुराको मासु, खसीबोकाको मासु र अन्य मासुभन्दा माछा खानु निकै फाइदाजनक हुन्छ।

यसले शरिरको तौल कम गर्नुका साथै तपाईँको शरिरमा अन्य फाइदा पनि गर्दछ।

प्याकिङ जुस

बजारमा पाइने प्याकिङ गरिएको जुसले बोसो बढाउँछ। त्यसैले यसको सेवन कमै मात्रामा गर्नु स्वास्थ्यको लागि उत्तम मानिन्छ।

ब्रत

हप्तामा एक दिन ब्रत बस्नु स्वास्थ्यका लागि निकै फाईदा पुग्ने चिकित्सकहरु बताउँछन्।

जसले शरिरमा पैदा हुने क्यान्सर सेललाई पनि मार्छ। ब्रत बस्दा बोसो कम हुँदै जान्छ।

ग्रीन–टी

ग्रीन–टी पिउँदा मेटाबोलिज्म बलियो हुन्छ। जसले प्राकृतिक रुपमै शरिरको तौल कम गर्दछ।

प्रतिक्रिया दिनुहोस्