
२७ फागुन २०७६, काठमाडौं
सुदुरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिव २ लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा-रुवेला बिरुद्धको खोप लगाईने भएको छ।
क्षेत्रिया स्वास्थ्य निर्देशनालयका अनुसार यसका लागि आगामी चैत्र १ गतेबाट ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालमा हुने छन्।
अभियानका लागि ५ हजार २ सय खोप केन्द्र र ९ हजार ३ सय स्वयंसेवक परिचालन गरिएको छ।
अभियान अन्तर्गत डोटीमा करिव २४ हजार ५५० बालबालिकालाई दादुरा-रुवेलाबिरुद्दको खोप लगाईने स्रोतले जानकारी दिए।
आगामी चैत्र १ गतेदखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्लिस, जोरायल, बडिकेदार र केआइसिंह गाउँपलिकामा सञ्चालन गरिनेछ।
त्यस्तै, चैत्र १६ देखि दोस्रो चरणअन्तर्गत दिपालय सिलगढी, शिखर नगरपालिका, पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकाका बालबालिकालाई खोप लगाईने कार्यक्रम तय भएको हो।





