
२७ फागुन २०७६, काठमाडौं
कोरोना भाइरसको सक्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरु विरस्ता गरेको छ।
सरकारले देशव्यापी रुपमा सार्वजानिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिड्डुल गर्न कडाइ गरेको छ।
इटलीको प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्न परे अनुमती लिन आग्रह गरेका छन्।
सोमबार मात्रै इटलीमा ज्यान गुमाउनेको संख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटलीमा चिनपश्चात् सर्वाधिक मानिस संक्रमित भएका छन्।
आधिकारिक तथ्याङ्कअनुसार आईतबार मात्रै संक्रमित मानिसको संख्या पनि २४ प्रतिशतले बढेको छ।
त्यस्तै, इटलीमा २० वटै क्षेत्रमा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ।





