प्रधानमन्त्रीको डिस्चार्ज बुधबार हुने, भान्जी समीक्षाको मंगलबार नै गर्ने तयारी



२६ फागुन २०७६, काठमाडौं

गत बुधबार मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज बुधबारसम्म हुने सम्भावना बढेर गएको छ।

यद्धपी यसको निर्णय (भोलि) मंगलबार हुने बताइएको छ।

‘प्रत्यारोपणपश्चात् उहाँको भाईटल तथा ल्याव सूचकहरु अपेक्षा अनुरुप नै सुधार हुँदै गएको छ। राम्ररी सुधार हुँदै जाँदा अनावश्यक रुपमा अस्पतालमा राखिरहनु आवश्यक हुँदैन्।

त्यसैले एक दुई दिनमै डिस्चार्ज हुन पनि सक्छ,’ प्रत्यारोपण टोलीका सदस्य डा. पवनराज चालिसेले बताए।

उनले प्रधानमन्त्री ओलीका मृगौला दाता समीक्षा संग्रौलाको सम्भवत मंगलबार नै डिस्चार्ज हुनसक्ने संकेत गरे।’ उहाँको पनि स्वास्थ्य राम्रो छ।

त्यसैले, सम्भवत मंगलबार नै उहाँको डिस्चार्ज हुनसक्छ। तर यो पनि टोलीले निर्णय गर्ने कुरा हो’ उनले भने।

प्रधानमन्त्री ओली र उनको अंगदाता समीक्षाले सामान्य रुपमा आहार लिन थालेका छन्। नियमित रुपमा हिडडुल समेत गराईएको छ।

प्रतिक्रिया दिनुहोस्