
२६ फागुन २०७६, काठमाडौं
पूर्वी चीनको आन्हुई प्रान्तका कोरोना भाइरस (कोभिड–१९) का सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।
सोमबार आन्हुई प्रान्तीय सरकारले दिएको जानकारीअुनसार अब प्रदेशका अस्पतालमा कोभिड–१९ संक्रमित रहेका छैनन्।
प्रादेशिक स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म आन्हुई प्रान्तमा कोभिड–१९ संक्रमितको संख्या ९ सय ९० पुगेको थियो।
प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने ९ सय ८४ जना निको भएका छन्। चिनियाँ अधिकारीका अनुसार आन्हुई प्रान्तमा संक्रमितमध्ये ९९.४ प्रतिशत निको भएका छन्।
अहिले पनि ४ सय ३२ जना चिकित्सकको निगरानीमा रहेका छन्।
पछिल्लो १० दिनमा प्रदेशमा थप संक्रमण नदेखिएको पनि स्वास्थ्य आयोगले जनाएको छ।





