अप्रेसनबीचमै छाडेर हिँडे डाक्टर, बिरामीको मृत्यु



२६ फागुन २०७६, काठमाडौं

चिकित्सकहरुको लापारवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले हंगमा मच्चाएका छन्।

जुन घट्ना भारतमा भएको हो। पीडितका परिवारका अनुसार जुन अर्थोपेडिक सर्जनको नाम लिएर उपचार गराइएको थियो अप्रेसन सकिँदा ती डाक्टर कतै देखिएनन्।

आफन्तले डाक्टरलाई भेट्न खोज्दा डाक्टर उपस्थित नभएको बताइयो। जुन तोकिएका डाक्टर अप्रेसन चल्दा–चल्दै फ्लाइट समातेर हिँडेको आफन्तको दाबी छ।

अपरेसनपश्चात् रक्तचाप नियन्त्रण नभएर बिरामीको मृत्यु भएको हो।

बिरामीको मृत्युपश्चात बिरामीका आफन्तले हंगामा मच्चाउन थालेपश्चात् अस्पताल व्यवस्थापनले घटनालाई साम्मे बनाउन खोजको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्