नेगेटिभ रिपोर्ट आएपछि टेकु अस्पतालको आइसोलेसन वार्डबाट सबै डिस्चार्ज



२६ फागुन २०७६, काठमाडौं

कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखिएका तीन जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएपश्चात् उनीहरुलाई टेकु अस्पतालबाट डिस्चार्ज गरिएको छ।

उनीहरु डिस्चार्ज भएपश्चात् अहिले आइसोलेसन वार्ड खाली भएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए।

टेकु अस्पतालको आइसोलेसन वार्डमा संकास्पद कोरोनाको पहिलो विरामी १३ जनवरी २०२० मा राखिएको थियो।

र, सो बिरामी परीक्षणका क्रममा समेत पोजेटिभ देखिएको थियो।

आश्चर्यको कुरा यो छ कि संकास्पद विरामी निको भएर घर फर्किसकेपछि मात्रै (२३ जनवरी २०२० मा) उ कोरोना भाइरस पोजेटिभ हो भन्ने रिपोर्ट आएको थियो।

डा. बास्तोलाले त्यसयता अहिलेसम्म ३३ जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको बताए। त्यसमा पहिलो विरामी बाहेक बाँकी ३२ जना रिपोर्ट नेगेटिभ आएर घर फर्किएको जानकारी दिए।

‘खाली भयो भनेर खुशी हुनुपर्ने अवस्था त छैन। संकास्पद केश तत्कालै आईहाल्न पनि सक्छ। तर अहिले भने आइसोलेसन वार्ड खाली छ। यो पनि हाम्रो लागि सकारात्मक कुरा हो,’ उनले अन्त्यमा भने।

प्रतिक्रिया दिनुहोस्