कोरोना भाइरसः इटालीमा एकैदिन १३३ को मृत्यु, ७३७५ संक्रमित



२६ फागुन २०७६, काठमाडौं

इटलीमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३३ थपिएर ३६६ पुगेको अधिकारीहरूले जनाएका छन्।

सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशत बढेर ५८८३ बाट ७३७५ पुगेको छ।

प्रकोप नियन्त्रणका लागि आइतवार दशौँ लाख मानिसहरूको निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपश्चात् पनि उक्त सङ्ख्या थपिएको छ।

लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारेन्टाइन अन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्राहलय, रात्रि क्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन्। ती निर्णय एप्रिल ३ सम्म लागु हुनेछन्।

प्रतिक्रिया दिनुहोस्