
२५ फागुन २०७६, काठमाडौं
चीनको गन्जाउ शहरमा कोरोना भाइरस संक्रमितलाई राखेको क्वारेन्टाइन भत्किएको छ। गन्जाउ शहरको शिन्जयास्थित कोरोन क्यारेन्टाइन शनिवार साँझ साढे ७ बजे भत्किएको हो।
क्वारेन्टाइन भत्किँदा ७० जना च्यापिएका छन्। च्यापिएका मध्ये ४० जनाको उद्धार गरिएको स्थानीय सरकाले जनाएको छ।
३० जना अझै पुरिएकै अवस्थमा छन्। उनीहरुको अवस्था एकीन भइसकेको छैन ।
पुरिएकनहरुको उद्धारका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहित १ सय ४७ जनशक्ति परिचालन गरिएको स्थानीय सरकारलाई उद्त गर्दै चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
घटना स्थलमा ३६ इमरन्जेन्सी क्रेन र एक्साभेटर, ६७ दमकल, १५ एम्बुलेन्स परिचालन गरिएको सैयौं चिकित्सकलाई घटनास्थल तर्फ पठाइसकिएको गन्जाउ नगरपालिका प्रशासनले जनाएको छ।





