
२५ फागुन २०७६, काठमाडौं
अष्ट्रेलियाको तास्मानियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
दुई साता अघि नेपालमा विदा मनाएर फर्केका विद्यार्थीमा संक्रमण भेटिएको हो।
उनको अष्ट्रेलियाको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको छ। उनीसँगै बस्ने चार जना र अन्य तीन जनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ।
गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए।
अष्ट्रेलियाको तास्मानियामा अहिलेसम्म दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।





