अस्पतालभित्र ‘इन्ट्री’ गर्नका लागि ह्याण्ड सेनिटाइजरको अनिवार्य प्रयोग



२५ फागुन २०७६, काठमाडौं

चावहिलस्थित हेल्पिङह्याण्ड सामुदायिक अस्पतालले आफूकहाँ ‘इन्ट्री’ हुने जो सुकैलाई ‘ह्याण्ड स्यानिटाइजर’को प्रयोग अनिवार्य गरेको छ।

कोरोना भाइरस (कोभिड – १९)को जोखिम न्युनिकरण गर्न अस्पतालले ‘ह्याण्ड स्यानिटाइजर’को प्रयोग अनिवार्य गरेको हो।

‘हामीले अस्पताल छिर्ने जो कोही, चाहे त्यो विरामी वा तिनका आफन्त अथवा डाक्टर नर्स तथा अस्पतालका कर्मचारी जो सुकैलाई ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौँ,’ अस्पतालका प्रशासन निर्देशक रविन पोखरेलले भने।

उनका अनुसार मुल गेटमा रहेका सुरक्षाकर्मीले ह्याण्ड स्यानिटाइज दिन्छन् र त्यो प्रयोग गरेपछि मात्रै अस्पताल भित्र जान सकिन्छ।

प्रतिक्रिया दिनुहोस्