कोरोनाको त्रासः मास्क र गाउन लगाएरै गर्छन् यौनसम्पर्क



२३ काठमाडौं २०७६, काठमाडौं

कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको बेला ‘पोर्न साइट’हरुले भने कमाउने धन्धा बनाएका छन्।

पछिल्लो समय थुप्रै पोर्न साइटहरुले ‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडियो पोस्ट गरेका छन्। ‘डिसर्टेड वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडियो पोर्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ।

साथै पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडियो ती साइटले उत्पादन गरेका हुन्।

आम मानिसहरु जसरी ‘हरर मुभी’ सँग नजिकिन्छन्। त्यसै गरी कोरोना भाइरसको विषयसँग आकर्षित भएको पोर्न मुभी निर्मार्ताहरुको तर्क छ।

साथै कोभिड–१९ ले विश्वभर त्राससँगै रहस्य पनि निम्त्याउने उनीहरुको भनाइ छ। इटलीमा किस र हग गर्न प्रतिबन्ध लगाएपश्चात् यस्ता भिडिया निर्माण गर्न थालेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्