
२३ फागुन २०७६, काठमाडौं
बुधबार मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तिब्र सुधार भएको बताएका छन्।
उनले नियमित काममा समेत छिटै फर्किने जानकारी दिएका समेत दिएका छन्।
त्रिवि शिक्षण अस्पतालको मृगौला प्रत्यारोपणपश्चात् राखिने आइसीयूमा रहेका प्रधानमन्त्री ओलीलाई भेट्न आज विहान प्रमुख सल्लाहकार विष्णु रिमाल पुगेका थिए।
सो क्रममा प्रधानमन्त्री ओलीले सल्लाहकार रिमालसंग आफ्नो स्वास्थ्यमा सुधार भएको बताएका हुन्।
केहीबेर अघि रिमालले टुविट् गर्दै भनेका छन् – सर्जरीपश्चात् आज पहिलो पटक प्रधानमन्त्री ज्यूसंग कुरा गर्ने अवसर मिल्यो।
‘साथीहरुलाई भनिदिनुस् मेरो स्वास्थ्य तिब्रगतिमा सुधार भइरहेको छ। छिट्टै म काममा फर्किन्छु,’ धेरै खुशी लाग्यो। शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यू।
त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निकै राम्रो सुधार भएको बताए।
उनले प्रधानमन्त्रीलाई हिजोबाटै नरम खाना दिन शुरु गरिएको भन्दै आज दिउसोबाट जाउलो दिने तयारी भएको बताए।
उनले संक्रमण हुने डरका कारण प्रधानमन्त्रीको भेटघाटलाई भने कडाईका साथ रोकिएको बताए।





